काठमाडौं : नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमाराष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाए ।
गुरुङले भने, ‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दुख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङको कामहरु गरिराखेको छ ।’
गुरुङले काठमाडौं महानगरप्रमुख बालेन शाहप्रति प्रति पनि कटाक्ष गरे । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्ले कार्डहरुको प्रदर्शनसहित सरकार र रवि लामिछानेविरुद्ध चर्चा नाराबाजी गरेका थिए ।
प्रतिक्रिया