बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिए

शनिबार, ०३ माघ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिएर बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताएका छन्।

मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने बताएका हुन्।

राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताएका छन्।

उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार