सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह

बुधबार, १८ असार २०८२

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन् ।

बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताएका हुन् । 

उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्‍यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे हौँ ।’

उनले मौका पाउँदा के दिन सकियो सबैले मनन गर्नुपर्ने भन्दै २०१७ सालमा गुमेका अधिकार प्राप्त गर्न ३० वर्षभन्दा बढी सङ्घर्ष गर्नु परेको पनि बताए ।

‘दुई पटक संविधान सभाको चुनाव भयो, ठुला कुरा गर्नुभन्दा मौका पाउँदा केही दिन सकियो कि सकिएन भन्ने हो । संविधान जारी गर्ने कठिन परिस्थिति हामीले बिसिर्यौ अनि अहिले कस्तो बनाएको भन्ने ?१७ सालमा गुमेको अधिकार पूर्न बहाली गर्नका लागि हामीले ३० वर्षभन्दा बढी सङ्घर्ष गर्नु परेको कुरा बिर्सिनु भएन,’उनले भने ।

उनले कठिन सङ्घर्ष गरी प्राप्त गरिसकेको अधिकारलाई सुरक्षित, संस्थागत अगाडि बढाउने काममा हाम्रो कम कमजोर देखा परेको बताए ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार