बुल्गेरिया पठाउने भन्दै साढे ६ लाख ठग्ने कमला पक्राउ

बुधबार, १८ असार २०८२

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा स्याङजा घर भई सुर्यविनायक बस्ने ५१ वर्षीया कमला कुमारी केसी रहेकी छन् । उनलाई दुई जनाबाट छ लाख ७५ हजार रुपैयाँ लिएको भनी पीडितहरूले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले सुर्यविनायकबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार