काठमाडौँ उपत्यकाको निकास विन्दुको रूपमा चिनिने चोभार गल्छी यति बेला चर्चामा छ । सरकारले खोँचमा रहेका पाँच वटा ठुला ढुङ्गा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् । पुरातात्त्विक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ । सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानहरूको बिचमा छ । हजारौँ बर्ष पुरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो।
प्रतिक्रिया