पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेट, समसामयिक विषयमा छलफल

आइतबार, २२ असार २०८२

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज भेटवार्ता भएको छ। मेयर शाह पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नका लागि भंगालस्थित निवास पुगेका थिए।

विश्वसनीय स्रोतका अनुसार करिब ३० मिनेटसम्म भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक अवस्था, संघीय राजधानीको अवस्था, र स्थानीय सरकारका चुनौतीलगायत विषयमा विचारविमर्श भएको थियो।

पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेत दिएकी बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार