इटहरी : इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी तोकिएका छन् ।
नगरप्रमुख पौडेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (क) को प्रावधानअनुसार श्रेष्ठलाई कार्यवाहक प्रमुख तोकेको पत्रमार्फत जनाएका छन् ।
यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी नगर कार्यपालिका, साथै इटहरीका १ देखि २० वटै वडा कार्यालयहरूलाई जानकारी गराइएको छ ।
प्रतिक्रिया