धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो

आइतबार, ०४ साउन २०८२

काठमाडौँ  : धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या दोब्बर भन्दा बढीले वृद्धि भएको छ । 
यही साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ला गरिएको छ ।

  समय थप भएपछि यहाँ आउनेको संख्या दोब्बर भन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । बिहान ८बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । समय थप हुँदा निकै राम्रो भएको छ । यहाँ आउनेहरू विगतमा निकै बढेका छन् । 
 त्यसअघि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो । त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन् ।

 साउन १ गते दुई हजार पाँच सय २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए । उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० संकलन भएको छ । 
 विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ संकलन भएको एकाइले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार