चीनमा निर्मित घाँस काट्ने स्मार्ट यन्त्र विश्वमा लोकप्रिय

सोमबार, ०५ साउन २०८२

एजेन्सी : चीनले फरक फरक क्षमता भएका स्मार्ट रोबोटहरुको विकासलाई तिब्रता दिएको छ । हाल घाँस काट्ने स्मार्ट रोबोटले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ ।

घाँस काट्ने चिनियाँ स्मार्ट रोबोटहरूले प्रतिस्पर्धामा सफलता हासिल गर्दै गएको निर्माण कम्पनीहरुको दाबी छ । चीनमा निर्मित यस्ता रोबोटिक लन मुवरहरूले विश्वव्यापी मञ्चमा आफ्नो स्थान बनाइरहेका छन् । 

बेइजिङस्थित एक घास काट्ने यन्त्र निर्माता कम्पनीले आफ्नो उत्पादन प्रदर्शन गर्दै फोन वा रिमोर्ट कन्ट्रोलबाटै यस्ता यन्त्रहरुको प्रयोग गर्न सकिने जनाएको छ ।  

एआईबाट संचालित असिस्ट म्यापिङ सुविधासहितको त्यस्ता मेसिनले म्यापिङ प्रक्रियाको क्रममा ल्यानको किनारहरू पहिचान गर्ने गर्दछ ।

यस्ता रोबोटहरु प्रयोग गर्दा ग्राहकहरूले एपमा अक्षर टाइप गर्न वा डिजाइन चयन गर्न सक्छन्, र घास काट्ने यन्त्रले सोही अनुसार आकार निर्माण गरेर घाँस काट्नेछन् ।

यस वर्षको पहिलो त्रैमासिकमा चीनको स्मार्ट रोबोट घास काट्ने यन्त्रहरूको निर्यात मूल्य एक अर्ब अमेरिकी डलर नाघेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ६० प्रतिशतले वृद्धि हो ।(सीसीटीभीप्लस) 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार