हेडौँंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
आर्थिक वर्ष ०८२÷०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो । उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो । उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो ।
कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन् । अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ । बागमती प्रदेशमा कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन् । कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो ।
बागमती प्रदेश सभापति इन्द्र बाँनियाले लामाप्रति असन्तुष्टि बढेको प्रतिक्रिया दिएका छन् । २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर भएको उनको दाबी छ ।
यता लामा नेतृत्व बागमती प्रदेश सरकारका चारजना मन्त्रीले राजीनामा दिएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया