बागमती कांग्रेसमा नेतृत्व परिवर्तन निश्चित

मंगलबार, १३ साउन २०८२

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ । अब लामालाई हटाएर इन्द्र बानियाँ नयाँ नेता तथा सम्भावित मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

शुक्रबार संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा २१ जना सांसदको हस्ताक्षर परेपछि लामाविरुद्धको संख्या बल देखिएको थियो । यद्यपि, तीमध्ये एक सांसद पछि लामा पक्षमा फर्किएका थिए । तर, श्यामकुमार खड्कालाई खानेपानी मन्त्री पदबाट राजीनामा गराएर बानियाँ पक्षमा उभ्याइएपछि संख्या पुनः बराबरी कायम भएको छ ।

मन्त्रीबाट राजीनामा दिएपछि नेपाल प्रेससँग कुरा गर्दै खड्काले भने, ‘प्रक्रियाअनुसार मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने भएकोले विपक्षमा मतदान गर्न लागेकाले राजीनामा दिएको हुँ।’

यसैबीच, अविश्वास प्रस्तावको हस्ताक्षर सूचीमा नाम भएकी सांसद माया श्रेष्ठले आफ्नो हस्ताक्षर किर्ते गरिएको दाबी गरेकी छिन् । त्यस्तै, सांसद मीना पराजुलीले पनि विज्ञप्तिमा आफ्नो नाम उल्लेख भएपनि उक्त विज्ञप्ति आफूले ननिकालेको बताउँदै खुला रुपमा बानियाँको पक्षमा उभिएकी छन् ।

कुल ३७ जना सांसद रहेको बागमती कांग्रेस संसदीय दलमा इन्द्र बानियाँ पक्षमा २१ सांसदको समर्थन कायम रहँदा बहादुर सिंह लामा पक्षमा १६ सांसद मात्र रहेका छन् । यसैबीच, आज बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक केहीबेरअघि मात्र सुरु भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार