पानी संकट मोचनको मागका साथ मधेशका मुख्यमन्त्रीलाई विपक्षीको ध्यानाकर्षण

शुक्रबार, १६ साउन २०८२

जनकपुर :  मधेस सरकारले मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रवार मधेश प्रदेशमा प्रतिपक्षी दलहरूमा रहेका जनता समाजवादी पार्टी नेपाल, ने।क।पा। माओवादी केन्द्र, ने।क।पा। एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई संयुक्त रूपमो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्यमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ । किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नीतिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा उल्लेखित मागहरू यस प्रकार रहेका छन् :
१.सुख्खा ग्रस्त क्षेत्रहरूमा सिचाइको प्रबन्ध अविलम्ब गरियोस् ।
२. सुख्खा ग्रस्त, सङ्कटग्रस्त क्षेत्रका किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई अनुरोध गर्ने कार्य अविलम्ब गरियोस् ।
३. किसानहरूमा न्यायोचित किसिमले मल खाद्यको वितरणको प्रबन्ध मिलाउने कार्य गरियोस् ।
४. वीरगंज लगायत मधेश प्रदेशका विभिन्न सहरहरू तथा ग्रामीण क्षेत्रमा खानेपानीको चरम देखिएकोले अविलम्ब खानेपानीको लागि आवश्यक व्यवस्था गरियोस् ।
५. मधेश प्रदेशलाई दीर्घकालीन रूपमा यस्तो जल सङ्कटबाट जोगाउन नेपालको जीवन रेखा चुरे बन क्षेत्रको संरक्षण तथा जलाशय निर्माण गरियोस् ।
६. कृषि ज्ञान केन्द्रहरूबाट बोरिङ जडानका लागि जारी गरिएको सूचना झन्झटिलो तथा विभेदपूर्ण रहेको छ । केही पालिकाहरू छुट्न गएकाले ती पालिकाहरूलाई बोरिङ जडान कार्यबाट वञ्चित नगरियोस् । कृषकहरूलाई २ विद्या जग्गाको लालपुर्जाको प्रतिलिपि बुझाउने कार्य साधारण किसानहरूको लागि झन्झटिलो रहेकोले यस्ता प्रावधान हटाइयोस् ।
७. मधेश प्रदेशमा रहेका नदी नाला कुलो, पैनी, पोखरीहरूलाई जीर्णोद्धार तथा व्यवस्थित गरी सतह सिचाइको सुविधा नभएका खेतहरूमा सतही सिचाँईको प्रबन्ध मिलाउने कार्य अविलम्ब गरियोस् ।
८. अन्नदाता किसानहरूको फसलको लागि कृषि ऋण तथा खेती गर्न आवश्यक पर्ने कृषि यन्त्र सामग्रीहरू विशेष सहुलियत स्वरूप अनुदानमा उपलब्ध गराउनुपर्दछ ।
९. तराई मधेशमा चुरेको दोहन हुने गरी ढुंगा, गिटी, बालुवा झिक्ने कार्य तथा अवैध कसर उद्योग सञ्चालन गर्ने कार्य तराई मधेशको भूमि मरुभूमिमा परिणत गरिरहेकाले यस्ता कार्यलाई तत्काल रोकियोस् ।
१०. अधुरो सतही सिचाई तथा भूमिगत सिचाई ९डिप ट्युबवेल० जडान भएर पनि सञ्चालन हुन नसकेकालाई अविलम्ब सञ्चालनमा ल्याउने कार्य गरियोस् साथै कृषि विद्युतिकरण गर्ने कार्यलाई अविलम्ब प्राथमिकतामा राखी अगाडी बढाउने कार्य गरियोस् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले पानीको समस्या समाधानका लागि जोडतोडले काम गरिरहेको जानकारी दिए । उनले पिउने पानीको आपूर्ति सहज बनाउनका लागि ट्याङ्कर र वारुण यन्त्रको समेत प्रयोग गरी पानीको चरम अभाव रहेका स्थानहरूमा दैनिक लाखौँ लिटर पानी आपूर्ति भइरहेको जानकारी दिए ।

किसानहरूका लागि भनिएको डिप बोर्डिङ जडान कार्य अन्तिम चरणमा रहेको र सम्भवतः २ दिन भित्र केही स्थानहरूमा डिप बोर्डिङ बाट पानी आउन थाल्ने मुख्यमन्त्री सिंहले बताए । केही स्थानहरूमा पालिकासँगको समन्वयमा केही समस्या भइरहेकाले ढिलो भइरहेको उनको भनाई छ । ती स्थानहरूमा पनि केही दिन ढिलो भए पनि स्थान छनोटको काम भए लगत्तै बोर्डिङ जडान हुने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार