सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति सन्तोषजनक भएन : मुख्यमन्त्री सिंह

आइतबार, १८ साउन २०८२

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् ।

मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरूका बारेमा मुख्यमन्त्री सिंहले  आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।

सो क्रममा आयोजनाको सिनियर डिभिजन इन्जिनियर अशोक राज गौतमले आयोजनमा बाँकी कामहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिशत मात्र रहेको छ । जबकि ठेक्का लागेको ५० प्रतिशत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उनले बताए ।

अनुगमन पश्चात् मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाइका लागि कोशे ढुङ्गा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात् देखिएको समस्याहरूलाई बुँदागत टिपोट गरी रिपोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार