मधेशमा भारी वर्षा, कुन ठाउँमा कति वर्षा भयो ?

आइतबार, १८ साउन २०८२

काठमाडौं : लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ ।

महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।

महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार