१२ करोड लगानीमा सञ्चार उद्यमी कार्कीले सञ्चालनमा ल्याए इटहरीमा पार्टी प्यालेस

विहीबार, ०७ बैशाख २०८०
इटहरी । सुनसरीको इटहरीमा व्यावसायिक पूर्वाधार थपिने क्रम जारी छ । विभिन्न सभा, समारोह आयोजना गर्न सहज र सरल हुने अर्को पार्टी प्यालेस (बेंक्वेट) एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । एरिना ग्रुप अफ कम्पनीले इटहरी उपमहानगरपालिका वडा १२ विराटनगर लाइनमा १२ करोड रुपैयाँ लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएको हो । प्यालेसका प्रबन्धक तथा उद्यमी समिर कार्कीका अनुसार एरिना ग्रुप अफ कम्पनीबाट विभिन्न व्यवसायहरु सञ्चालन हुँदै आएका छन् । उद्यमी कार्कीले सञ्चार, यातायात, विद्यालयका छात्रा लक्षित सेनिटरी प्याड हुँदै अहिले पार्टी प्यालेस सञ्चालनमा ल्याएको बताएका छन् । आगामी दिनमा एरिना ग्रुपले होटलमा समेत लगानी गर्ने प्रबन्धक कार्कीले बताए । जन्मोत्सव, वैवाहिक कार्यक्रम, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, तालिमलगायत कार्यक्रमका लागि उक्त पार्टी प्यालेस सुविधायुक्त रहेको जनाइएको छ । २९ हजार स्क्वायर फिट क्षेत्रफलमा तीनवटा सुविधासम्पन्न हल बनाइएको छ । त्यसमा २ हजारभन्दा बढी मानिसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार