मोरङ । मोरङको पथरी बजारमा शुक्रबार साँझ मिनि ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा ती महिलाको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार दुर्घटनामा परेकी महिलालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न नसकेको र उनी करिब ४० वर्षकी रहेकी प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयले उनी बेवारिसे अवस्थामा बजार वरिपरि घुम्ने गरेको बताएका छन्।
दुर्घटनापछि मिनि ट्रक र चालक फरार रहेको प्रहरीले जनाएको छ। हाल ट्रकको नम्बर र चालकको पहिचान खुलाउन खोजी कार्य तीव्र पारिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया