अवैध संरचना हटाउदै विराटनगरमा महानगर

बुधबार, २१ मंसिर २०७९
विराटनगर महानगरपालिकाले पनि बुधबारबाट बजार क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । विराटनगर ९ स्थित महानगर प्रमुख नागेश कोइरालाकै घरमा पसल सञ्चालकहरूले सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना हटाएर अभियान सुरू गरेको हो । महानगरभरि सडक तथा सडकपेटी अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउने निर्देशन कार्यान्वयन गर्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए । सडकपेटी अतिक्रमणले सर्वसाधारण सडकबाट हिँड्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । तर महानगरले आफैले सडक निर्माण गर्दा अधिकांश ठाउँमा सडकपेटी नै राखेको छैन । महानगरपालिकाले वडा नम्बर ९ को कार्यालय घोघापैनी अतिक्रमण गरेर निर्माण गरेको छ । जसले गर्दा वर्षाको पानीको सहज निकास नहुँदा बर्सेनि महानगरबासी डुबानको समस्या झेल्न बाध्य छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार