भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

आइतबार, २० पुस २०८२
सांकेतिक फाईल

मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकहरूको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते अन्यको उपचार भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार