यी हुन् एमालेबाट एकल सिफारिस भएका उम्मेदवारहरू (नामावलीसहित)

आइतबार, २० पुस २०८२
फाइल फोटो

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवार छनौट प्रकृया सुरु गरेको छ ।

आज सम्म निर्वाचन क्षेत्रीय कमिटीलाई उम्मेदवार सिफारिसको समय सिमा दिएर उम्मेदवार छनौट प्रकृयालाई एमाले ले तिव्रता दिदै आएको हो । 

केन्द्रको निर्देशन बमोजिम निर्वाचन क्षेत्रीय कमिटीहरुले नाम सिफारिस गरेर पार्टीको माथिल्लो निकायमा पठाउने कार्य समेत गरेका छन । क्षेत्रीय कमिटीहरुले केही निर्वाचन क्षेत्रहरुमा भने एकल नाम सिफारिस गरेका छन । 

एमाले झापा क्षेत्र नम्बर ५ कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गरेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष  विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ युवा नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन्। 

त्यसैगरुी एकल सिफारिस हुनेहरुमा . लीलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३, लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ हरि उप्रेती सर्लाही क्षेत्र नम्बर ३  अजय गुप्ता रौतहट क्षेत्र नम्बर १  बद्री मैनाली नुवाकोट क्षेत्र नम्बर १ मणिराम फुयाल काठमाडौं क्षेत्र नम्बर २  तिलक महत नवलपुर क्षेत्र नम्बर २ मिलन गुरुङ गोरखा क्षेत्र नम्बर २ सूर्य ढकालको नाम  बाँके क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ । 

क्षेत्रीय कमिटीले दलबहादुर सुनार बाँके क्षेत्र नम्बर ३ विश्राम चौधरी कपिलवस्तु क्षेत्र नम्बर १ ध्रुव शाही सुर्खेत क्षेत्र नम्बर १ कलाधर देवकोटा सुर्खेत क्षेत्र नम्बर २ गुलाबजंग शाह सल्यानबाट एकल सिफारिस गरिएका नाम हुन। 

त्यसैगरी पुर्वउपाध्यक्ष प्रदीप ज्ञवालीको नाम गुल्मी क्षेत्र नम्बर १ र उपमहासचिव लेखराज भट्टको नाम कैलाली क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार