उदयपुरमा छुरा प्रहार गरेर श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार, २० पुस २०८२
सांकेतिक फोटो

उदयपुर :  श्रीमानले छुरा प्रहार गरी उदयपुरको बेलकामा श्रीमतीको हत्या गरेका छन्। बेलका नगरपालिका वडा नम्बर ३ किराँत चोकका खगेन्द्र राईले श्रीमती गंगा राईलाई छुरा प्रहार गरि हत्या गरेका हुन। 

आपसी झै झगडाका क्रममा खगेन्द्रले गंगालाई छुरा प्रहार गरि गम्भिर घाइते वनाएका थिए । घाइते गंगाको उपचारको क्रममा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

 

श्रीमतीलाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका खगेन्द्रले आफनो शरिरका विभिन्न ठाउँमा छुरा प्रहार गरि आत्महत्याको प्रयास गरेको र स्थानीयले देखी तत्काल नियन्त्रणमा लिएर उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको र प्रहरीको निगरानीमा उनको उपचार भईरहेको समेत इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । घटनाक्रम विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको समेत जनाइएको छ । 
 

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार