काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिनभर विभिन्न निकायमा बयानमा व्यस्त भएका छन् ।
भक्तपुरको गुण्डु पुगेको जाँचबुझ आयोगको टोलीले ओलीसँग लिखित बयान लिएको हो । समितिले आजै बयानका लागि पत्र पठाएपछि आयोगको टोली ओली निवासमै पुगेर लिखित बयान संकलन गरेको जनाएको छ ।
यसैदिन ओली राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा समेत उपस्थित भई बयान दिएका छन् ।
बयानका क्रममा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा केन्द्रित प्रश्नोत्तर गरिएको थियो । आन्दोलनका बेला ओली कार्यकारी प्रमुख तथा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको भूमिकामा रहेकाले त्यस अवधिमा भएका निर्णय, सुरक्षा परिचालन, आदेश तथा जिम्मेवारीका विषयमा आयोगले स्पष्टिकरण मागेको बताइएको छ ।
जाँचबुझ आयोग र राष्ट्रिय मानवअधिकार आयोग दुवैले जेनजी आन्दोलनका क्रममा भएको राज्यको कदम, सुरक्षा निकायको भूमिका तथा मानवअधिकार उल्लङ्घनका सम्भावनाबारे छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया