मिलन लिम्बुले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए

सोमबार, २१ पुस २०८२
फाइल फोटो

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकातर्फबाट समानुपातिक सूचिमा परेकाहरुले नाम फिर्ता लिने क्रम बढिरहेको छ । यही क्रममा मिलन लिम्बूले पनि समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

सोमबार लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै समानुपातिक सूचीबाट आफुले नाम फिर्ता लिने निर्णय गरेको जनाएका हुन् ।

‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस्मा उल्लेख गरेका छन्। 

रास्वपाका नेता लिम्बु यस अघि प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पधामा रहेर पराजित भएका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार