बालेन शाह रास्वपामा वरिष्ठ नेता

आइतबार, २० पुस २०८२
File Photo

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता नियुक्त गरिएको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहको अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको हो।

पार्टी प्रवक्ता मनिष झाकाका अनुसार, आइतबार बसेका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत भएका छन्।

यसमा विवेकशील साझा पार्टी छाडेर रास्वपासँग एकता गरेको बालेन पक्षका सदस्यहरू समेत समावेश छन्। साथै, पार्टीले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार