देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

शनिबार, १९ पुस २०८२

झापा : झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। शिक्षाको उज्यालो यात्रामा निरन्तर अघि बढ्दै आएको विद्यालयले आफ्नो ऐतिहासिक योगदान र उपलब्धिहरू स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अध्यक्षता रहेको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, शिक्षक, अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन तथा विद्यालयका जग्गादाता खनपरुदे रामबाबु प्रसाईको शालिकमा माल्यार्पण गरी गरिएको थियो। सो अवसरमा प्रधानाध्यापक अम्बिका श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०१९ सालमा सानो झुपडीबाट सुरु भएको विद्यालय आज हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको बताइन्।

विद्यालयमा इन्टरएक्टिभ कक्षाकोठा, कम्प्युटर ल्याब, छात्रवृत्ति अक्षयकोष, शुद्ध खानेपानी, सेनिटरी प्याड भेन्डिङ मेसिन तथा नयाँ तीनतले भवन निर्माणजस्ता विकास कार्य सम्पन्न भएको जानकारी दिइयो।

समारोहमा एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडी, दीर्घसेवी शिक्षक र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। साथै विभिन्न अक्षयकोषमार्फत विद्यार्थीहरूलाई छात्रवृत्ति र स्टेशनरी सामग्री वितरण गरिएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार