धार्मिक पर्यटक आकर्षित गर्दै  इटहरीमा रहेको श्रीकृष्णा प्रणामी मन्दिर

आइतबार, २० पुस २०८२
श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरी

इटहरी : पछिल्लो समय सुनसरीको इटहरीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । मुक्तिधाम क्षेत्रमा दैनिक उल्लेखनिय संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गरेको जनाइएको हो । 

मुक्तिधाम क्षेत्रमा पुर्वी नेपालका विभिन्न ठाउँका साथै छिमेकी मुलुक भारत देखि पनि दर्शनार्थीहरु आउने गरेका वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमीरे वताउछन । घिमीरेका अनुसार कृष्ण प्रणामी मन्दिर सो प्राङणमा रहेको मंगल राधिका सदानन्द प्रणामी अस्पताल र नजिकै रहेको बुढि गंगाजमुनामा मुक्ति घाटका कारण यहाँ उल्लेखनिय संख्यामा मानिसहरु आउने गरेका छन । 

ब्रहलीन मंगलदास महराजको संकल्प अनुसार स्थापना गरिएको श्रीकृष्ण प्रमाणी मन्दिर क्षेत्रमा दैनिक ठुलो संख्यामा दर्शनका लागि भक्तजनहरु आउने गरेको वताउदै घिमीरेले मन्दिर रहेको धार्मिक संग्रालयमा मात्र दैनिक २ सय जनाले टिकट काटेर अवलोकन गर्ने गरेका छन । 

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित यस क्षेत्रमा हिन्दुधर्मालवम्बीहरुका साथै अन्य धर्मालवम्बीहरु समेत आउने गरेका छन । यहाँ हिन्दु घर्मका महत्वपुर्ण स्थानहरुका झाकीँ लगायत राखिने गरि काम भई रहेको समेत जनाइएको छ । आकर्षक डिजाईमा निर्माण गरिएको मन्दिरको सुन्दर दृष्यहरु हेर्न र फोटो भिडियो खिच्नका लागि मात्र पनि दैनिक ठुलो संख्यामा मानिसहरु श्रीकृष्ण प्रमाणी मन्दिर इटहरी आउने गरेका छन । 

धार्मिक महत्व बोकेको वृद्धगंगा नदि तटमा रहेको श्रीकृष्ण प्रमाणी मन्दिर पछिल्लो समयमा पुर्वी नेपालको एक प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित बन्दै आएको छ ।  
 

प्रतिक्रिया

कृष्ण भट्टराई जुनेली
लेखकको बारेमा
कृष्ण भट्टराई जुनेली

सम्बन्धित समाचार