निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, विशेष महाधिवेशनको विषयले चर्चा पाएन

सोमबार, २१ पुस २०८२

नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे ।

सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए ।

त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए ।

बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दावी गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार