इलन मस्कको नयाँ अन्तरिक्ष यान परीक्षणको ४ मिनेटमै विस्फोट

शुक्रबार, ०८ बैशाख २०८०
पहिलो परीक्षण उडानको केही मिनेटमै बहुचर्चित नयाँ अन्तरिक्ष यान- स्टारशिपमा विस्फोट भएको छ । सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटभित्रै विस्फोट भएको हो । स्थानीय समयअनुसार बिहीबार बिहान अमेरिकाको दक्षिणी टेक्ससस्थित पूर्वी तटीय क्षेत्रबाट उक्त अन्तरिक्ष विमान प्रक्षेपण गरिएको थियो । तर प्रक्षेपणको ४ मिनेटभित्रै यसको भीमकाय रकेटमा विस्फोट भएको थियो । उडेको ४ मिनेट पनि नपुग्दै पूर्व योजना अनुरूप स्टारशिप रकेटको माथिल्लो भाग तल्लो भागबाट छुट्टिन सकेन । दुवै भाग अनियन्त्रित भई हल्लिन थाले र त्यसको क्षणभरमै रकेटमा विस्फोट भयो । मानवरहित अन्तरिक्ष यान भएकाले यसबाट कुनै मानवीय क्षति भने हुन पाएन । मस्कले ट्विट गर्दै केही महिनाभित्रै अर्को प्रयास गर्ने जानकारी दिएका छन् । रोमाञ्चक पहिलो परीक्षण प्रक्षेपणकालागि स्पेस एक्स टिमलाई बधाई भन्दै मस्कले अर्को प्रक्षेपणका लागि थुप्रै कुरा सिकिएको बताएका छन् । स्पेस एक्स अन्तरिक्ष यान करिब ३९ किलोमिटरको उँचाइसम्म पुगेर विस्फोट भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार