त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

मंगलबार, ०३ भदौ २०८२

उदयपुर । यहाँको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।

बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको सूचना अधिकारी दोङले बताए । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार