नेप्सेले भन्यो– हल्ला, उक्साहट, अनिधकृत च्याट ग्रुप र टेलिग्राम लगायका आधारमा कारोबार नगर्नु

मंगलबार, ०३ भदौ २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप, क्लबहाउस, टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न पनि आग्रह गरेको छ ।

नेप्सेले आफ्नो सूचना नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध भएको नेप्सेले जनाएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै ‘केही समययता नेपाल स्टक एक्सचेन्जको नाममा सामाजिक सञ्जालहरूमा शेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिन थालेका छन् । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्छ । यस सन्दर्भमा नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौं । त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्’ भनेको छ ।

यस्तै नेप्सेले कसैलाई पनि आफ्नो व्यक्तिगत विवरण र पासवर्ड नदिन आग्रह गरेको छ । नेप्सेको जस्तै नाम, लोगो, भवनको तस्वीर प्रयोग गरेर एप, पेज र समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन आग्रह गरेको हो । कुनै शंकास्पद सामग्री देखिएमा स्क्रिनसट र लिङ्क सहित नेप्सेलाई इमेल मार्फत जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार