उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ : प्रचण्ड

मंगलबार, ०३ भदौ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ । 


मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए । 


उनले भने,‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो । तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु । गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन् । एउटा महिला आदिवासी जनजाति,सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ । हामी त्यसको विरोध गछौं ।’


त्यस्तै उनले उपसभामुख  रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए । 
त्यस्तै प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए । 


सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार