रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

मंगलबार, ०३ भदौ २०८२

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ ।  लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा।जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो । 

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ । 

केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार