इलाममा भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

बुधबार, ०४ भदौ २०८२

इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।

सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । 

बेली ब्रिज सञ्चालनमा आएपछि सो सडक भएर आवत जावत गर्ने यात्रु तथा सवारीलाई सहज भएको छ । हिउँदका दिनमा सवारी सञ्चालन भए पनि बर्खामा पुल नहुँदा समस्या हुँदै आएको थियो । पुल निर्माण भएपछि सहज भएको छ । यस सडक भएर इलामबाट करिब डेढ घण्टामा झापा पुग्न सकिन्छ । 

मेची राजमार्ग भएर जाँदा करिब तीन घण्टा लाग्ने समय अब आधा दुरीमा इलाम झापा गर्न सकिन्छ । बिरामी पर्दा समेत छोटो दुरीमा तराईका अस्पताल जान र स्थानीयलाई कृषि उपज बजार पुर्‍याउन एवम् दैनिक उपभोग्य वस्तु ल्याउन समेत ढुवानीमा सहुलियत हुने अपेक्षा रहेको छ ।

 २५ टन भार वहन क्षमताको सो पुल गएको चैत्र १५ गते निर्माण गर्ने सम्झौता भएको थियो । असारमा निर्माण सम्पन्न भएर सो पुलबाट सवारी सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार