आजको मौसम : काेशी, गण्डकी, लुम्बिनीमा वर्षा हुन सक्ने

आइतबार, ०८ भदौ २०८२

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ 

राती भने देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार