प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने

विहीबार, १२ भदौ २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसंग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

शनिबार चीन भ्रमणमा निस्कनलागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्। त्यस्तै प्रमुख सचेतकसंग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

जस अनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए। त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरि पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिए।

त्यस्तै उनले निजामति विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गरे। भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए। भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार