पूर्वविद्यार्थीद्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

मंगलबार, १७ भदौ २०८२

इटहरी : इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत आठ जना विपन्न विद्यार्थीलाई पूर्वविद्यार्थी रामकुमार घिमिरेले आर्थिक सहयोग गरेका छन्।

हाल अमेरिकामा बसोबासरत रामकुमारले पठाएको ३५ हजार रुपैयाँ विद्यालयका कक्षा ६ का विद्यार्थी निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार प्रत्येक विद्यार्थीले ४,३७३ रुपैयाँ प्राप्त गरेका छन्।

सहयोगी रकम रामकुमारका बाबुआमा समाजसेवी भुवनाथ घिमिरे र दिव्याश्वरी घिमिरेले आँपगाछीस्थित एक कार्यक्रममार्फत वितरण गरेका थिए।

सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीका अनुसार बाबुआमा नभएका वा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई छनोट गरेर सहयोग उपलब्ध गराइएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार