काठमाडौं : राजधानीको माइतीघर मण्डलामा सोमबार बिहान हुने भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
स्वतन्त्र नेपाली युवाहरूले बिहान ११ बजेदेखि आयोजना गर्न लागेको प्रदर्शनलाई निषेधित क्षेत्रभित्र प्रवेश नगर्ने गरी अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। उनले भने, “प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ।”
यस प्रदर्शनमा २८ वर्षभन्दा कम उमेरका युवाहरूको स्वतःस्फूर्त सहभागिता रहने बताइएको छ। संयोजक सबल गौतम र पुरुषोत्तम यादवले शान्तिसुरक्षाको व्यवस्थाका लागि प्रशासनसँग आग्रह गरेका छन्।
युवाहरूले भ्रष्टाचार विरोधसँगै सरकारले गरेको सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने घोषणा गरेका छन्। प्रदर्शनलाई काठमाडौं महानगरका मेयर बालेन शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतले समर्थन गरेका छन्।
प्रतिक्रिया