उदयपुरमा संविधान दिवस: ट्राफिक प्रहरीलाई चस्मा वितरण

शुक्रबार, ०३ असोज २०८२

उदयपुर : उदयपुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा विविध कार्यक्रम गरेर दिवस मनाइएको छ । 

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा मूल समारोह समितिले जिल्ला समन्वय समितिमा अन्तरक्रिया कार्यक्रम र नेपाल नेत्र ज्योती संघ उदयपुरले ट्राफिक प्रहरीलाई ड्युटीको बेला प्रयोग गर्ने चस्मा प्रदान गरेर दिवस मनाइएको हो । 

उता उदयपुरका प्रमुख राजनैतिक दलहरुले आ–आफ्नो पार्टी कार्यालयहरूमा कार्यक्रम गरेर संविधान दिवस मनाएका छन् । 

नेपाल नेत्र ज्योती संघले उदयपुर जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई चस्मा उपलब्ध गराएको  छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा आयोजित एक समारोहमा नेपाल नेत्र ज्योती संघले चस्मा वितरण गरेको हो । जिल्ला भर रहेका ३५ जना ट्राफिक प्रहरीलाई दुई हजार देखि चार हजार ५ सय मूल्य सम्मको चस्मा वितरण गरिएको नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउतले जानकारी दिनु भयो । ड्युटीमा रहेका प्रहरीहरूको आँखाको सुरक्षाको लागि कालो चस्मा उपलब्ध गराइएको नेत्र ज्योती संघले जनाएको छ । 

चस्मा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, पत्रकार महासंघका अध्यक्ष भक्तिविलास पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईँ लगायतको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार