पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनमा भएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
आज महाराजगञ्जस्थित नेपाल पुलिस अस्पतालमा पुगी घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारीले आग्रह पूर्वाग्रहभन्दा राष्ट्रिय भावना र राष्ट्रिय सर्वोपरि हितका लागि काम गर्नुपर्ने भन्दै बदला र प्रतिसोधको भावनामा कोही जान नहुने भनाइ राखिन् ।
प्रतिक्रिया