जेन्जी आन्दोलनमा भागेका कैदीले गरे श्रीमतीको हत्या

आइतबार, ०५ असोज २०८२

काभ्रेपलाञ्चोक । जेन्जी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा जेल परेका सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । घटनापछि उनी फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

प्रहरीका अनुसार घटनाबारे थप विवरण प्रहरी टोली घटनास्थल पुगेपछि मात्र स्पष्ट हुने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार