निजी क्षेत्रसँग प्रधानमन्त्रीः ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’

आइतबार, ०५ असोज २०८२

काठमाडौं: प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल भएको छ।

आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले निजी क्षेत्रको चिन्तालाई गम्भीरतापूर्वक लिएको जानकारी दिए।

‘जेनजी आन्दोलनको क्रममा उद्योग प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका विषयमा हामीले प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा कुरा राख्यौं। उहाँहरूले सम्पूर्ण इस्युहरूमाथि सकारात्मक ढंगले प्रतिक्रिया दिनु भएको छ,’ढकालले भने।

उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ-आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए। ‘सरकारले क्षति व्यहोरेका उद्योग तथा व्यवसायप्रति आवश्यक सघाउ गर्ने र समस्या समाधानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ,’अध्यक्ष ढकालले भने।

प्रधानमन्त्रीको आश्वासनपछि निजी क्षेत्र सकारात्मक र आशावादी बनेको उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार