मोरङ प्रशासनलाई उद्योगी राजेन्द्र राउतद्वारा १० थान कम्प्युटर सहयोग

आइतबार, ०५ असोज २०८२

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० वटा कम्प्युटर सहयोग गरेका छन् ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गते अराजक समूहले प्रशासन कार्यालयमा आगजनी र तोडफोड गर्दा भवनदेखि लिएर महत्वपूर्ण कागजात र सामग्री नष्ट भएका थिए । त्यसपछि कार्यालयको नियमित सेवा प्रवाह ठप्पजस्तै भएको थियो ।

उद्योगी राउतले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोगस्वरूप कम्प्युटर उपलब्ध गराएका हुन् ।

उनको तर्फबाट महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले आइतबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवलाई १० कम्प्युटर हस्तान्तरण गरे ।

यस्तै, प्रशासनको क्षतिग्रस्त भवन रंगरोगनका लागि एसियन पेन्ट्सले ३ सय लिटर रंग उपलब्ध गराएको छ ।

उक्त रंग प्रयोग गर्ने सम्पूर्ण खर्च महासंघले नै बेहोर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार