दशैँ अवधिमा झापा जिल्ला अदालत खुला रहने

सोमबार, ०६ असोज २०८२
तस्बिर : फाइल

काठमाडौँ । झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबार बाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उनले बताए।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार