कानेपोखरीको सामुदायिक वनमा १३ वटा बाख्रा मरेको अवस्थामा फेला

मंगलबार, २५ कार्तिक २०८२

कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–७ मा एकै पटक १३ वटा बाख्रा मरेको अवस्थामा फेला परेका छन्। ती बाख्राको कुल मूल्य करिब एकलाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार (मङ्गलवार) बिहान करिब ७ः४५ बजे ग्रामीण सुधार सामुदायिक वनको फोहोर फाल्ने स्थानमा ती बाख्राहरू मृत अवस्थामा भेटिएका हुन्। उक्त स्थान कानेपोखरी बजार क्षेत्रदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ।

मरेका बाख्रामध्ये कानेपोखरी ७  बस्ने ४० वर्षीय वकिल राईका  करिब ५२ हजार रुपैयाँ बराबरका ६ वटा बाख्रा , ५० वर्षीय बलराम दाहालका करिब ५५ हजार रुपैयाँ बराबरका ६ वटा बाख्रा–बोका र ५० वर्षीय गोविन्द कार्कीका करिब १५ हजार रुपैयाँ बराबरको १ वटा बाख्रा रहेका छन्।

 बाख्रा कसरी मरे भन्नेबारे यकिन कारण खुल्न बाँकी रहेको र घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान थालेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार