भ्यानको ठक्करबाट सासुको मृत्यु, बुहारी घाइते

शुक्रबार, १० असोज २०८२

पोखरा : पोखरामा बिहीबार भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँकी ६३ वर्षीया दुर्गादेवी बास्तोला छन् ।

सोही दुर्घटनामा घाइते भएकी दुर्गादेवीकी बुहारी ४३ वर्षीया गोमादेपी बास्तोलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं २ विन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतक दुर्गादेवी स्कुटरको पछाडि सवार थिइन् । भ्यानका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार