पोखरा: माछापुच्छ्रे बैङ्क लिमिटेडको २७औँ वार्षिक साधारण सभा मिति २०८२ साल असोज १० गते शुक्रवार होटेल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ।
उक्त साधारण सभाले बैङ्कको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
जसमध्ये, चुक्ता पुँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
माछापुच्छ्रे बैङ्क चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैङ्क बन्न सफल भएको छ। बैङ्कले उक्त नगद लाभांश दसैँ अगाडी नै सम्बन्धित सेयर धनीको खातामा पठाइसक्ने छ।
बोनस शेयर वितरण पश्चात् बैङ्कको कुल चुक्ता पुँजी १२ अर्ब ८ करोड पुग्नेछ। बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो।
होटेल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एवं साधारण सेयर धनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिक्रिया