शाओमी मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

बुधबार, ०८ असोज २०८२

काठमाडौँ : विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै आकर्षक दसैँ योजना घोषणा गरेको छ ।

यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “दसैँ नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व हो ।

यो ‘ग्राण्ड दसैँ स्किम’ मार्फत हामी उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहन्छौँ, जहाँ उनीहरूले उपहार जित्ने रोमाञ्चक अवसरसँगै परिवारसँग बिताएका क्षणलाई दीर्घकालीन सम्झनामा परिणत गर्न सकुन् ।”

ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा तलका तीन श्रेणीका उपहार जित्ने अवसर पाउनेछन् –

  • साप्ताहिक बम्पर लक्की ड्र: शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता)

  • साप्ताहिक लक्की ड्र: शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता)

  • दैनिक लक्की ड्र:

    • रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता)

    • रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता)

    • रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता)

यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता वा जुनसुकै मोबाइल पसलबाट खरिद गर्न सक्नेछन् ।

खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको सिरियल नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिन्छ ।

यो योजना कार्तिक ५, २०८२ (अक्टोबर २१, २०२५) सम्म देशभर लागू हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार