काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक रहेका सिलवाललाई सो पदमा जिम्मेवारी दिइएको हो ।
गत चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरी शाक्यलाई नियुक्त गरेको थियो । तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यलाई सरुवा गरी आफ्ना निकट सहयोगी मानिएका मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
सिलवाल घिसिङ कार्यकारी निर्देशक रहँदा प्राधिकरणमा उनका प्रमुख सहकर्मीका रूपमा चिनिन्थे । उनी प्राधिकरणको प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा अनुभवी अधिकारीका रूपमा ख्याति राख्छन् ।
प्रतिक्रिया