सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

बुधबार, ०८ असोज २०८२

 काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो ।

मङ्गलवार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ ।

 

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि मङ्गलवार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार