नेपाल लाइफ इन्भेष्टमेन्टको साधारण सभा सम्पन्न

शुक्रबार, १० असोज २०८२

काठमाडौँ : नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज राजधानीमा सम्पन्न भएको छ।

कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पी.एल. श्रेष्ठ एण्ड कम्पनीलाई महालेखापरीक्षक नियुक्त गरिएको छ।

कार्यक्रममा अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउने लक्ष्यका साथ संरचनात्मक सुधार, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, तालिम, अनुसन्धान, वैज्ञानिक लगानी विविधीकरण र अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाइएको जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आर्थिक वर्ष २०८१/८२ मा भएको कार्यगत प्रगति र २०८२/८३ का लागि तयार गरिएको रणनीतिक योजना प्रस्तुत गरे।

सभामा प्रमुख कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितहरूको रकम सुरक्षित रूपमा लगानी गर्नुपर्नेमा जोड दिँदै व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे। त्यस्तै,प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा पूर्ण सुरक्षा, सही समय, स्थान र प्रतिफललाई ध्यानमा राख्नुपर्ने सुझाव दिए।

साधारण सभाले नेपाल लाइफ इन्स्योरेन्सबाट सिफारिस भएका कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई सञ्चालकमा अनुमोदन गरेको छ।

यसैबिच, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई नयाँ सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। सबै नवनियुक्त सञ्चालकहरूले पद बहालीसमेत गरिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार