नेपाल बैंकका कर्मचारी र ग्राहकलाई गाडी खरिदमा छुट

शनिबार, ११ असोज २०८२

काठमाडौँ : नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूले सो कम्पनीबाट हुण्डाइ ब्रान्डका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप ५० हजारदेखि ८१ हजार रुपियाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरनेसनलका तर्फबाट महाप्रबन्धक दीपक थपलियाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार